‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’ « Khabarhub

‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी फाउण्डेशन कुनै षडयन्त्रको सिद्धान्त नभएको बताएकी छन् । उनले फाउण्डेशन स्थापनालाई कन्स्पिरेसी थ्योरीका बनाउन आवश्यक नरहेको बताइन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष भण्डारीले मदन भण्डारीका सपनालाई अगाडि बढाउने एउटा प्रयत्न मात्र भएको बताइन् ।

‘४१ औं जन्मदिन देख्न नपाउँदै उहाँ अप्रत्याशित रुपमा हामीलाई छोडेर जानुभयो । त्यसपछि हिम्मत गरेर छरिएका जीवन र सपनालाई फेरि एकचोटि सङ्गालेर हामीले अघि बढ्ने प्रयत्न गर्‍यौं । यही प्रयत्न मध्ये एउटा प्रयत्न हो मदन भण्डारी फाउण्डेशनको स्थापना,’ अध्यक्ष भण्डारीले भनिन्, ‘कलिलो वा युवा उमेरमा जीवन गुमाएका दिवंगतहरूको पूरा नभएको सपना पूरा गर्नुपर्छ बाँचेकाले भन्ने मान्यता हाम्रो संस्कृतिमा छ । यो फाउण्डेशन स्थापना हुनु कुनै अनौठो वा अस्वभाविक कुरा होइन । यसलाई कन्स्पिरेसी थ्योरी बनाउन आवश्यक छैन । त्यस्ता कन्स्पिरेसी थ्योरी जति उडे पनि त्यसबाट विचलित नभई हामी अभियानमा लाग्नेहरु सदा लागिरहन्छौं ।’

उनले जबजलाई प्राज्ञिक अध्ययनको विषयसमेत बनाउन त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा जबजबारे अनुसन्धान गर्ने विद्यार्थील छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको बताइन् । उनले मार्क्सवादको आधुनिक सिर्जनात्मक प्रयोगमा आधारित जबजलाई प्राज्ञिक अध्ययनको विषय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न देशव्यापी बहस चलाउने बताइन्

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : १३ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका