पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ।

खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन्।

बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रिय जलवायु तथा मौसम विभागले मंगलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ३३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका