गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही « Khabarhub

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन् । 

राप्रपाले भिजिट भिसा प्रकरणका दोषीहरूलाई संसद्मा बहिष्कार गरिरहेको भन्दै उनले आमनागरिकलाई पनि दोषी र दोषीका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरेका हुन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन सामाजिक बहिष्कार आवश्यक रहेकोमा जोड दिए ।

राप्रपाका प्रवक्तासमेत रहेका शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको भन्दै संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने पनि बताए । 

‘हामीले संसद्भित्रबाट बहिष्कार गरिरहेका छौँ, अब तपाईंहरू आमजनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस्,’ शाहीले भने, ‘यसले गर्दा दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन् ।’

शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवा विदेशमा अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले दोषीहरूलाई कारबाही नभएसम्म आफ्नो पार्टीले संसद् र सडक दुवैबाट आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपा गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । शनिबारको संसद् बैठकमा पनि राप्रपाका सांसद रोशन कार्कीले गृहमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएकी थिइन् । 

‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्‍याउनुस्,’ उनले भनिन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ३९ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक