पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने - तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ | Khabarhub Khabarhub

पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कुरै नसुनी मदन भण्डारी फाउण्डेशनको कार्यक्रमबाट बिदा लिएर हिँडेका छन् । उनले अर्को कार्यक्रमका लागि ५ बजे फ्लाइट रहेको भन्दै कार्यक्रमबाट बिदा लिएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले ‘मेरा कुरा पनि सुनिदिनुहोस्’ भन्ने आग्रह गरे पनि हतार भएर हिँड्न लागेको प्रधानमन्त्री ओलीले जानकारी गराए । उनले ठट्यौली गर्दै भने, ‘मलाई सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो, तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ ।’ ओलीले यसो भनिरहँदा सभाहलमा हाँसोको फोहोरा छुटेको थियो । उनले थपे, ‘आज मात्र सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएको हो, त्यसकारण सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ थाहा छ ।’

प्रधानमन्त्री ओलीले ईश्वर पोख्रेलले पनि के बोल्छन् थाहा भएको बताए । ‘मैले सुन्न बसिरहनुपर्दैन मलाई धेरै हतार भएको हुनाले म सयम धेरै नलिऊँ ।’

मदन भण्डारीको ७४औं स्मृतिमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनरागमनको घोषणा गर्ने विषय पेचिलो बनेको छ । एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिने र उनलाई विधान महाधिवेशबाटै रोक्नेलगायतका विषय बहसमा छन् । प्रधानमन्त्री ओली भने पूर्वराष्ट्रपतिका कुरा नसुनी कार्यक्रमबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ११ बजे

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा