पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ « Khabarhub

पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कुरै नसुनी मदन भण्डारी फाउण्डेशनको कार्यक्रमबाट बिदा लिएर हिँडेका छन् । उनले अर्को कार्यक्रमका लागि ५ बजे फ्लाइट रहेको भन्दै कार्यक्रमबाट बिदा लिएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले ‘मेरा कुरा पनि सुनिदिनुहोस्’ भन्ने आग्रह गरे पनि हतार भएर हिँड्न लागेको प्रधानमन्त्री ओलीले जानकारी गराए । उनले ठट्यौली गर्दै भने, ‘मलाई सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो, तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ ।’ ओलीले यसो भनिरहँदा सभाहलमा हाँसोको फोहोरा छुटेको थियो । उनले थपे, ‘आज मात्र सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएको हो, त्यसकारण सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ थाहा छ ।’

प्रधानमन्त्री ओलीले ईश्वर पोख्रेलले पनि के बोल्छन् थाहा भएको बताए । ‘मैले सुन्न बसिरहनुपर्दैन मलाई धेरै हतार भएको हुनाले म सयम धेरै नलिऊँ ।’

मदन भण्डारीको ७४औं स्मृतिमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनरागमनको घोषणा गर्ने विषय पेचिलो बनेको छ । एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिने र उनलाई विधान महाधिवेशबाटै रोक्नेलगायतका विषय बहसमा छन् । प्रधानमन्त्री ओली भने पूर्वराष्ट्रपतिका कुरा नसुनी कार्यक्रमबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ११ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा