रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । शनिबार दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल पठाइएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उनलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । उनका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किंदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो । 

शनिबार बिहान अस्पताल पुर्‍याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उनलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले बताए । 
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै