राजनीतिलाई निरन्तरता दिने पवित्र उद्देश्यले सदस्यता नवीकरण गरेकी हुँ : विद्यादेवी भण्डारी  « Khabarhub

राजनीतिलाई निरन्तरता दिने पवित्र उद्देश्यले सदस्यता नवीकरण गरेकी हुँ : विद्यादेवी भण्डारी 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी छन् । 

जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सदस्यता नवीकरणसँगै आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।  

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमाले मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

व्यवहारका कसीबाट खारिएका जननेता मदन भण्डारीका भनाइलाई आदर्श मानेर आफू पार्टीमा समर्पित रहिरहने उनको भनाइ थियो ।

 ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्,’ भण्डारीले भनिन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : १८ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका