गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेनसी– उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तिमा ३९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाइएको छ ।

मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल–रिमलको अल–थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रमणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।

सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा दस प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।  गाजा पट्टीको उत्तरमा जबालिया अल–बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ३८ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान