मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट « Khabarhub

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन्। मदन भण्डारी फाउण्डेसन कैलालीले सुखडमा आयोजना गरेको ’जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता, सिद्धान्तको पालना र स्वच्छ प्रतिस्पर्धाको महत्वमा जोड दिए । 

कार्यकर्ताबीच र नेताबीच देखा पर्ने अन्तरविरोधलाई  समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘भित्तामा तस्बिर टाँसेर मात्रै पुग्दैन, मदन भण्डारीको विचार बुझ्न र आत्मसात् गर्नुपर्छ ।’

नेता भट्टले भने, ‘हामीले जबज भनिरहेका छौँ, त्यो अनुसार चलिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा गर्नु आवश्यक छ ।’

 उनले नीति र नेतृत्वमा विवाद नभएको भनिए पनि व्यवहारमा देखिएको असहमति गम्भीर विश्लेषणको खाँचो भएको उल्लेख गरे ।

उनले पार्टीभित्र गुटभन्दा टिम निर्माणमा जोड दिनुपर्ने र कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम प्रभावित हुने चेतावनीसमेत दिए ।

 ‘कैलाली भित्रै किन पार्टीमा एकता छैन् रु गुट बनाउने कि टिम ?’ उनले प्रश्न गरे ।

पूर्व माओवादीमाथि ‘आयातित’ भन्ने आरोपको जवाफ दिँदै उनले गुनासो पोखे, ‘हामी भारतबाट आएका होइनौँ । जनयुद्ध आवश्यकता थियो, त्यसैले भएको हो । आज पनि म एमालेमा आवश्यकता अनुसार छु ।’

उनले सहिदहरूको अपमान नगर्न र आन्दोलनको सम्मान गर्न आग्रह गरे।

‘ममाथि गाली गर्नुहोस्, तर सहिदलाई आतङ्ककारी भन्नु अपमान हो,’ उनले भने । २०७९ को निर्वाचनतर्फ संकेत गर्दै उनले भने, ‘इमान्दारिताका साथ मत हालेको भए हामी १० स्थानमा थप जित्थ्यौँ, कांग्रेसभन्दा ठूलो पार्टी हुन्थ्यौँ ।’

आगामी निर्वाचनसम्म संगठनलाई एकतावद्ध बनाउन उनले आग्रह गरे ।

एमालेबाट संगठनको अनुशासन सिक्नुपर्ने उल्लेख गर्दै भट्टले पार्टीभित्र जालझेल नगर्न र निर्वाचित भएपछि समग्र नेतृत्व गर्नुपर्ने धारणा राखे । चेन अफ कमान्डमा पार्टी चल्नुपर्ने उनले प्रस्ट पारे ।

मदन भण्डारी फाउण्डेसन एनजीओ नभई विचार प्रचारको संस्थान भएको बताउँदै उनले प्रधानमन्त्री फाउण्डेसनको संरक्षक रहेको जानकारी दिए ।

‘मदन भण्डारीलाई सम्झनु भनेको उनको विचार अनुशरण गर्नु हो,” साझा गन्तव्य नै बनाएर हिडिसक्यौं,’ उनले पुनः दोहोर्‍याए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ०० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष