पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको एक आत्मघाती आक्रमणमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

तीस जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन् ।

स्थानीय प्रशासनका एक अधिकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो। प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरणअनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर समूह अन्तर्गतको आत्मघाती हमला समूहले लिएको बताइएको छ, जुन पाकिस्तानमा क्रियाशील एक सशस्त्र संगठन हो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवान पुनः सत्तामा पुगेपछि पाकिस्तानका सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरूमा तीव्र वृद्धि भएको छ। पाकिस्तानले यस्ता आक्रमणहरूका लागि अफगान भूमि प्रयोग भएको आरोप लगाउँदै आएको छ, यद्यपि अफगान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

एएफपीको संकलन अनुसार, सालको सुरुदेखि अहिलेसम्म खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका विभिन्न हिंसात्मक घटनामा झण्डै २९० जनाले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश सुरक्षाकर्मी रहेका छन् ।
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : १३ बजे

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई