मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई « Khabarhub

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम प्रदेशबीच आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी भएको हो ।

प्रतियोगितामा समान अङ्कका साथ लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । उपाधि उचाल्न सफल सुदूरपश्चिमले रु २५ हजार नगद तथा स्वर्ण पदक प्राप्त गरेको छ भने द्वितीय भएको मधेस प्रदेशले नगद रु २० हजारसहित रजत पदक प्राप्त गरेको छन् ।

तृतीय स्थान प्राप्त गरेका बागमती तथा लुम्बिनी प्रदेशलाई नगद रु १५ हजार तथा कास्य पदक प्रदान गरिएको छ । उक्त मन्त्रालयका सचिव रञ्जितकुमार यादवले पुरस्कार प्रदान गरेका हुन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको