कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन | Khabarhub Khabarhub

कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरूको स्वार्थमा नीति ल्याएको बताएका छन् । 

पार्टी सम्वद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको बताए । 

सत्तानिकट अमुक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौँको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो ।

 ‘स्पन्ज आइरनमा लगाइँदै आइको करलाई १ प्रतिशत झारिएको छ । अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ । यसरी त उद्योग चल्दैन । भएको रोजगारी पनि गुम्छ’, पुनले भने । उनले कानुन बनाउनेदेखि बजेट निर्माण र ठेक्कापट्टामा समेत बिचौलियाकरण भएकाले भन्दै यो स्थितिको अन्त्य नगरी मुलुकमा राष्ट्रिय पुँजी निर्माण सम्भव नहुने उल्लेख गरे । ‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानून बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन’, पुनले भने, ‘ राष्ट्रिय पुँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको आधार तयार पार्न सकिन्छ ।’

पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योग आदिमा  लगानी प्रवर्द्धन गर्न सके मुलुकमा राष्ट्रिय पुँजी निर्माण हुने औंल्याए । 

फरक प्रसङ्गमा उनले चीन विश्वको दोश्रो र भारत तेश्रो ठूलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए ।

त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औंल्याए । 

 ‘नेपालले उत्तर र दक्षिणको विकासको फाइदा लिनुपर्छ । त्यसैले हामीले हाम्रो सरका भएको बेलामा उत्तर–दक्षिण करिडोरको अवधारणा ल्याएर कार्यान्वयन गरेका हौं’, उनले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ३४ बजे

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५