पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न « Khabarhub

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा अन्तर्गत विनियोजित वार्षिक विकासे योजनाको काम धमाधम भईरहेको छ ।कार्यालयको तथ्यांकअनुसार हालसम्म करिब ९६ प्रतिशत योजनाको काम सम्पन्न भएको छ।

कार्यालयले ठेक्का तथा उपभोक्ता समिति मार्फत एक सय २४ वटा योजना छनोट गरेकोमा हालसम्म ९६ प्रतिशत योजनाको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताए। कार्यालय प्रमुख ओझाका अनुसार कार्यालयले जिल्लाका ९ पालिकामा बहुवर्षिय सडक योजना-८ वटा बहुवर्षिय पुल योजना-४ वटा, साना ठेक्का मार्फत ६४ वटा योजना र उपभोक्ता समिति मार्फत निर्माण हुने ६० वटा योजना रहेको थियो।

कार्यालयका अनुसार बहुवर्षीय ८ वटा सडक मध्य ४ योजनाको निर्माण सम्पन्न भएको छ। त्यसैगरी ४ वटा पुल योजना मध्य २ वटाको निर्माण सम्पन्न भैसकेको कार्यालयले जनाएको छ। सान ठेक्का मार्फत सञ्चालित ९० प्रतिशत योजनाको काम पनि सम्पन्न भएर भुक्तानीको चरणमा रहेको र उपभोक्ता समिति मार्फतका सबै योजनाको निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

पूर्वाधार कार्यालयले चालु आर्थिक वर्ष सडक तथा पुल निर्माणको लागि १६ करोड ६१ लाख बजेट प्राप्त गरेको थियो। त्यसैगरी अन्य विभिन्न  पूर्वाधार मर्मतको लागि २ करोड १२ लाख, प्रादेशिक लोकमार्गको लागि ११ करोड ८७ लाख, प्रादेशिक मार्गको लागि २४ करोड ५४ लाख र शहरी तथा स्थानीय सडकको लागि १९ करोड ८५ लाख गरी ७४ करोड २९ लाख बजेट विनियोजन भएर आएको कार्यालयका लेखा अधिकृत छत्र कटुवालले बताए।

उनले वित्तीय प्रगति पनि ७० प्रतिशत भन्दा बढिरहेको जानकारी दिए। हालसम्म ७० प्रतिशत योजनाको भुक्तानी दिइसकेको उनले बताए।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै