पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गइरहेको छु । जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको छ। विपद् व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि सम्बन्धित ठाउँमा आह्वान गरेको छ । बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहौं ।

यसअघि जल तथा मौसम विज्ञान विभागले आज शनिबार रातिदेखि १६ गतेसम्म देशका पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको बताएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनीको बर्दिया, बाँके र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ४७ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु