पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गइरहेको छु । जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको छ। विपद् व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि सम्बन्धित ठाउँमा आह्वान गरेको छ । बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहौं ।

यसअघि जल तथा मौसम विज्ञान विभागले आज शनिबार रातिदेखि १६ गतेसम्म देशका पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको बताएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनीको बर्दिया, बाँके र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ४७ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको