‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा « Khabarhub

‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल र इन्टरनेटको पहुँच विस्तारले टिलिभिजनको क्रेज घटाएसँगै हाँस्य टेलिसिरियलका स्थापित कलाकार ठूलो पर्दामा होमिए ।

‘तितो’ सत्यका निर्देशक तथा लेखक दीपकराज गिरी, कलाकार दीपाश्री निरौला, ‘मेरी बास्सै’का निर्देशक तथा लेखकद्वय केदार घिमिरे ‘माग्ने बूढा’ र सिताराम कट्टेल ‘धुर्मुस’, ‘जिरे खुर्सानी’का निर्देशक तथा लेखक जितु नेपाल ‘मुन्द्रे’ यसका प्रमुख उदाहरण हुन् ।

टेलिसिरियलबाट चर्चित अन्य थुप्रै कलाकार ठूलो पर्दामा व्यस्त छन् । अर्थात्, दशकअघिका चर्चित तीन सिरियल ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ र ‘तितो सत्य’का मुख्य कलाकारहरु फिल्ममा व्यस्त छन् ।

दुई सिरियल बन्द छन् । ‘मेरी बास्सै’लाई केही पुराना कलाकारसहितको नयाँ टिमले निरन्तरता दिइरहेको छ ।

‘मेरी बास्सै’का कलाकार निर्देशनमा

‘मेरी बास्सै’का पहिला पुस्ताका कलाकार धुर्मुस र माग्ने बूढा ठूलो पर्दामा व्यस्त रहे पनि उनीहरुले निर्देशन हात हालेका छैनन् । उनीहरु बढी फिल्ममा कलाकार र केही निर्माताको भूमिका छन् ।

तर, यस सिरियलका दोस्रो पुस्ताका दुई कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ फिल्म निर्देशनमा कसिएका छन् ।

विल्सन भने वि.सं २०८० सालदेखि निर्देशन गर्ने लागि परेका हुन् । उनले सोही वर्ष दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एन्ड दाउरे’ निर्देशनको घोषणा पनि गरे ।

तर, यी दुवै फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न सकेनन् । न यी दुई फिल्म नै बने ।

अन्ततः ‘मैझारो’बाट उनले फिल्म निर्देशन डेब्यू गर्ने पक्का भएको छ । साउन १ गतेदेखि पाँचथरमा यो फिल्मको छायाङ्कन जारी छ ।

यस फिल्मका तीन शीर्ष कलाकार मगर समुदायका छन् । नायक धिरज मगर, नायिकाद्वय मिरुना मगर र दिया पुन यस फिल्मका शीर्ष कलाकार रहेको बताइएको छ ।

त्यस्तै, बल्छी धुर्बे पनि फिल्म ‘गोबर गणेश’ निर्देशनमा कसिएका छन् । यो फिल्मको कलाकार चयनको काम जारी छ ।

अहिलेसम्म नायिकामा वर्षा सिवाकोटी फाइनल भएकी छन् । पदम तामाङ, पुजन घिमिरे र सीतादेवी तिमल्सेना कलाकारमा फाइनल भएका छन् ।

बल्छीका अनुसार यो फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ । यसको प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ ।

बल्छी र तक्मे बूढा दुवै एकै सिरियलबाट लोकप्रिय बनेका कलाकार हुन् । अब उनीहरुको ठूलो पर्दाको निर्देशन यात्रा कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : २७ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका