‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा « Khabarhub

‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल र इन्टरनेटको पहुँच विस्तारले टिलिभिजनको क्रेज घटाएसँगै हाँस्य टेलिसिरियलका स्थापित कलाकार ठूलो पर्दामा होमिए ।

‘तितो’ सत्यका निर्देशक तथा लेखक दीपकराज गिरी, कलाकार दीपाश्री निरौला, ‘मेरी बास्सै’का निर्देशक तथा लेखकद्वय केदार घिमिरे ‘माग्ने बूढा’ र सिताराम कट्टेल ‘धुर्मुस’, ‘जिरे खुर्सानी’का निर्देशक तथा लेखक जितु नेपाल ‘मुन्द्रे’ यसका प्रमुख उदाहरण हुन् ।

टेलिसिरियलबाट चर्चित अन्य थुप्रै कलाकार ठूलो पर्दामा व्यस्त छन् । अर्थात्, दशकअघिका चर्चित तीन सिरियल ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ र ‘तितो सत्य’का मुख्य कलाकारहरु फिल्ममा व्यस्त छन् ।

दुई सिरियल बन्द छन् । ‘मेरी बास्सै’लाई केही पुराना कलाकारसहितको नयाँ टिमले निरन्तरता दिइरहेको छ ।

‘मेरी बास्सै’का कलाकार निर्देशनमा

‘मेरी बास्सै’का पहिला पुस्ताका कलाकार धुर्मुस र माग्ने बूढा ठूलो पर्दामा व्यस्त रहे पनि उनीहरुले निर्देशन हात हालेका छैनन् । उनीहरु बढी फिल्ममा कलाकार र केही निर्माताको भूमिका छन् ।

तर, यस सिरियलका दोस्रो पुस्ताका दुई कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ फिल्म निर्देशनमा कसिएका छन् ।

विल्सन भने वि.सं २०८० सालदेखि निर्देशन गर्ने लागि परेका हुन् । उनले सोही वर्ष दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एन्ड दाउरे’ निर्देशनको घोषणा पनि गरे ।

तर, यी दुवै फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न सकेनन् । न यी दुई फिल्म नै बने ।

अन्ततः ‘मैझारो’बाट उनले फिल्म निर्देशन डेब्यू गर्ने पक्का भएको छ । साउन १ गतेदेखि पाँचथरमा यो फिल्मको छायाङ्कन जारी छ ।

यस फिल्मका तीन शीर्ष कलाकार मगर समुदायका छन् । नायक धिरज मगर, नायिकाद्वय मिरुना मगर र दिया पुन यस फिल्मका शीर्ष कलाकार रहेको बताइएको छ ।

त्यस्तै, बल्छी धुर्बे पनि फिल्म ‘गोबर गणेश’ निर्देशनमा कसिएका छन् । यो फिल्मको कलाकार चयनको काम जारी छ ।

अहिलेसम्म नायिकामा वर्षा सिवाकोटी फाइनल भएकी छन् । पदम तामाङ, पुजन घिमिरे र सीतादेवी तिमल्सेना कलाकारमा फाइनल भएका छन् ।

बल्छीका अनुसार यो फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ । यसको प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ ।

बल्छी र तक्मे बूढा दुवै एकै सिरियलबाट लोकप्रिय बनेका कलाकार हुन् । अब उनीहरुको ठूलो पर्दाको निर्देशन यात्रा कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : २७ बजे

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार