‘द ब्ल्यू लाइट’ मंसिर १२ मा प्रदर्शनमा आउने « Khabarhub

‘द ब्ल्यू लाइट’ मंसिर १२ मा प्रदर्शनमा आउने


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइकोलोजिकल थ्रिलर जनरामा बन्ने भनिएको फिल्म ‘द ब्ल्यू लाइट’को प्रदर्शन मिति मंसिर १२ गतेलाई तोकिएको छ ।

निर्माण पक्षले फिल्मकी नायिका बेनिशा हमालको जन्म दिन पारेर शनिबार पहिलो झलक र पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका शीर्ष कलाकार नायक अर्पण थापा, नायिकाद्वय बेनिशा हमाल र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ । झलमा पनि यी तीन कलाकारलाई स्थान दिइएको छ ।

यस झलकले अपर्ण थापा एक बालिकाको बुवाको भूमिकामा रहेको खुलाउँछ । नायिका सृष्टि श्रेष्ठ भने क्रोधित युवतीको भूमिकामा छिन् । रगत लागेको बञ्चरो बोकेर हिडिरहेकी सृष्टिसँग बेनिशा भागिरहेको देख्न सकिन्छ । यसले फिल्ममा उनीहरुको नोकझोँक रहेको संकेत गर्छ ।

सृष्टिको भूमिका सस्पेन्स देखिन्छ । झलकले फिल्ममा सस्पेन्स खुराकहरु रहेको दर्शकलाई थाहा दिन खोजेको छ ।

यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, सृष्टिसहित महेश त्रिपाठी, आयुसमान देशराज जोशी र सुरक्षा इटानीलगायतको अभिनय रहने बताइएको छ । बालकलाकारको भूमिकामा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्मको निर्देशक, निर्माता र लेखक बलिराम चौहानले हुन् ।

झलक :

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ०५ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति