‘द ब्ल्यू लाइट’ मंसिर १२ मा प्रदर्शनमा आउने « Khabarhub

‘द ब्ल्यू लाइट’ मंसिर १२ मा प्रदर्शनमा आउने


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइकोलोजिकल थ्रिलर जनरामा बन्ने भनिएको फिल्म ‘द ब्ल्यू लाइट’को प्रदर्शन मिति मंसिर १२ गतेलाई तोकिएको छ ।

निर्माण पक्षले फिल्मकी नायिका बेनिशा हमालको जन्म दिन पारेर शनिबार पहिलो झलक र पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका शीर्ष कलाकार नायक अर्पण थापा, नायिकाद्वय बेनिशा हमाल र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ । झलमा पनि यी तीन कलाकारलाई स्थान दिइएको छ ।

यस झलकले अपर्ण थापा एक बालिकाको बुवाको भूमिकामा रहेको खुलाउँछ । नायिका सृष्टि श्रेष्ठ भने क्रोधित युवतीको भूमिकामा छिन् । रगत लागेको बञ्चरो बोकेर हिडिरहेकी सृष्टिसँग बेनिशा भागिरहेको देख्न सकिन्छ । यसले फिल्ममा उनीहरुको नोकझोँक रहेको संकेत गर्छ ।

सृष्टिको भूमिका सस्पेन्स देखिन्छ । झलकले फिल्ममा सस्पेन्स खुराकहरु रहेको दर्शकलाई थाहा दिन खोजेको छ ।

यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, सृष्टिसहित महेश त्रिपाठी, आयुसमान देशराज जोशी र सुरक्षा इटानीलगायतको अभिनय रहने बताइएको छ । बालकलाकारको भूमिकामा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्मको निर्देशक, निर्माता र लेखक बलिराम चौहानले हुन् ।

झलक :

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको