अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति « Khabarhub

अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली युनियन र अमेरिका व्यापार सम्झौताका लागि तयार भएका छन्। संसारका दुई ठुला व्यापारिक साझेदार लामो समयको तनावपछि सहमतिको नजिक पुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लियनबीच स्कटल्यान्डमा भएको भेटपछि दुवै देश सहमतिमा पुगेका हुन्। सहमति अनुसार अमेरिका जाने युरोपेली युनियनको सामानमा १५ प्रतिशत कर लाग्ने छ।

यसअघि ट्रम्पले ३० प्रतिशत करको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले २७ देशका ब्लकका कुनै सामानमा भने अमेरिका प्रवेशमा कर नलाग्ने बताएका छन्।

सुरुमा धेरै करको घोषणा गरेका ट्रम्पले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग वार्ता गर्दै सहमति कायम गरेका हुन।

पाँच दिनको स्कटल्यान्ड भ्रमणमा पुगेका ट्रम्पले त्यहीबाट सहमतिको घोषणा गरेका हुन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो