सातवटै प्रदेशमा पठाइयो रेबिजविरुद्धको ५१ हजार भायल खोप « Khabarhub

सातवटै प्रदेशमा पठाइयो रेबिजविरुद्धको ५१ हजार भायल खोप


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातवटै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए ।

रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।

उनले आपूर्तिको गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो ।

विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।

यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेसमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ । मागका आधारमा अन्य प्रदेशहरूमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ४४ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर