ओबामाले भने- गाजामा मानिसहरू भोकभोकै मर्दैछन्, खाना र पानी रोक्न पाइँदैन « Khabarhub

ओबामाले भने- गाजामा मानिसहरू भोकभोकै मर्दैछन्, खाना र पानी रोक्न पाइँदैन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले गाजा क्षेत्रमा राहत सामग्री पुग्न दिनुपर्ने बताएका छन्। उनले मानिसहरूलाई खाना र पानीबाट टाढा राख्नुको कुनै तर्कसंगत कारण हुन नसक्ने पनि बताएका छन् ।

ओबामाले सामाजिक सञ्जाल एक्समा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका दुई रिपोर्टहरू सेयर गर्दै गाजा क्षेत्रमा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्थाबारे बोलेका छन्। ती रिपोर्टहरूमा गाजाको यस स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने भनिएको छ ।

ओबामाले लेखेका छन्, ‘गाजा संकटको दीर्घकालीन समाधानका लागि इसराइली बन्धकहरूको रिहाइ र इजरायली सैन्य कारबाहीको अन्त्य आवश्यक छ। यस्ता लेखहरूले निर्दोष मानिसहरूको भोकमरीबाट हुन सक्ने मृत्युको त्रासदी रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखाउँछन्।’

उनले थपेका छन्, ‘गाजामा मानवीय सहायता पुग्न दिनु आवश्यक छ। खाना र पानी मानिसहरूबाट रोक्नुको कुनै पनि तर्क छैन।’

गाजामा खानेकुराको चरम अभावका कारण अकालको स्थिति सिर्जना भएको छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै गाजामा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको जनाएको छ । यो अवस्था तीव्र गतिमा बढिरहेको उसले जनाएको छ।

यता, आइतबार जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजामा हवाई मार्गबाट राहत सामग्री खसालेका छन्।

उता इजरायलले गाजाको केही भागमा प्रतिदिन १० घण्टा सैन्य कारबाही रोकिने बताएकोछ । संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन विशेष ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ५८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक