जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत « Khabarhub

जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा क्षेत्रमा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको चेतावनी दिएको छ। संगठनले यो अवस्था निकै तीव्र गतिमा बढिरहेको जनाएको छ ।

डब्ल्यूएचओको यो चेतावनी त्यस्तो समयमा आएको हो जब गाजामा फेरि हवाई मार्गबाट राहत सामग्री खसाल्न थालिएको छ।

जोर्डनले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन राहत सामग्री खसालिएको जनाएको छ ।

इजरायलले गाजाको केही भागमा प्रत्येक दिन १० घण्टासम्म सैन्य कारबाही रोक्ने जनाएको छ। संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ ।

इजरायलले यसरी राहत सामग्रीको पहुँच सुनिश्चित गरेको बताउँदै जानीबुझी भोकमरी गराइएको भन्ने आरोपलाई झूठो भनेको छ। तर हमासले भने यस कदमलाई उसको छवि बिगार्ने अभियान भनेर आरोप लगाएको छ।

संयुक्त राष्ट्रका सहायता प्रमुख टम फ्लेचरले आइतबार जानकारी दिँदै इजरायलले केही यातायात तथा आवागमनमा लगाइएका प्रतिबन्ध खुकुलो बनाएको बताए।

रोयटर्सका अनुसार, फ्लेचरले प्रारम्भिक रिपोर्टहरूको हवाला दिँदै गाजामा १०० भन्दा बढी ट्रकहरूबाट राहत सामग्री प्रवेश गरिसकेको बताएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका