जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत « Khabarhub

जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा क्षेत्रमा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको चेतावनी दिएको छ। संगठनले यो अवस्था निकै तीव्र गतिमा बढिरहेको जनाएको छ ।

डब्ल्यूएचओको यो चेतावनी त्यस्तो समयमा आएको हो जब गाजामा फेरि हवाई मार्गबाट राहत सामग्री खसाल्न थालिएको छ।

जोर्डनले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन राहत सामग्री खसालिएको जनाएको छ ।

इजरायलले गाजाको केही भागमा प्रत्येक दिन १० घण्टासम्म सैन्य कारबाही रोक्ने जनाएको छ। संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ ।

इजरायलले यसरी राहत सामग्रीको पहुँच सुनिश्चित गरेको बताउँदै जानीबुझी भोकमरी गराइएको भन्ने आरोपलाई झूठो भनेको छ। तर हमासले भने यस कदमलाई उसको छवि बिगार्ने अभियान भनेर आरोप लगाएको छ।

संयुक्त राष्ट्रका सहायता प्रमुख टम फ्लेचरले आइतबार जानकारी दिँदै इजरायलले केही यातायात तथा आवागमनमा लगाइएका प्रतिबन्ध खुकुलो बनाएको बताए।

रोयटर्सका अनुसार, फ्लेचरले प्रारम्भिक रिपोर्टहरूको हवाला दिँदै गाजामा १०० भन्दा बढी ट्रकहरूबाट राहत सामग्री प्रवेश गरिसकेको बताएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका