सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की | Khabarhub Khabarhub

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की

अन्य तीन सहसचिवको सचिवमा बढुवा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय सेवा आयोगले सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।

मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएपछि न्याय सेवा आयोगको सोमबारको बैठकले पौडेललाई उक्त पदमा बढुवा गरेको हो ।

मुख्य रजिष्ट्रारमा बढुवा भएका पौडेलको स्थानमा सह-रजिष्ट्रार मानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। उनी सोमबारदेखि सह-रजिष्ट्रारबाट रजिष्ट्रार भएका छन् ।

उता महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता सूर्यराज दाहाल सचिवमा बढुवा भएका छन् । उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सहसचिव निर्मला अधिकारीको पनि सचिवमा बढुवा भएको छ । उनलाई आयोगमै पदस्थापन गरिएको छ ।

सहसचिव इन्दिरा दाहाल भट्टराईको पनि सचिव पदमा बढुवा गरिएको छ । निर्वाचन आयोगमा कार्यरत उनलाई नेपाल कानुन आयोगमा पदस्थापन गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ५६ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध