मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो « Khabarhub

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध सामाजिक सञ्जालमा गरिएको आरोपप्रति मन्त्रीकाे सचिवालयले तीव्र आपत्ति जनाएको छ। मन्त्री पालको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेसबुक प्रयोगकर्ता खगेन्द्र सुनारले लेखेको स्टाटस पूर्णतः भ्रामक, तथ्यहीन र कपोकल्पित भएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, “मन्त्री ज्यू असार २८ गतेपछि धनगढी र काठमाडौंमा रहेर मन्त्रालयका कामकाजमा संलग्न रहनुभएको थियो। उहाँको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति हामी अचम्मित भएका छौं।”

मन्त्री पाल नेकपा (एमाले)का नेता मात्र नभई बैतडी जिल्ला, प्रदेश निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत भएकाले यस्ता आरोपले उहाँको चरित्रहत्या गर्ने प्रयास भएको सचिवालयको भनाइ छ।

“एक जिम्मेवार प्रदेश सरकारको मन्त्री तथा लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्तित्वमाथि गरिएको यो कुकृत्यको घोर भर्त्सना गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले यस घटनालाई सामाजिक तथा जातीय सद्भाव खल्बल्याउने उद्देश्यसहित गरिएको प्रपञ्च भएको दाबी गरेको छ। साथै मन्त्री पालविरुद्ध फैलाइएको उक्त सामग्रीलाई पूर्ण असत्य दाबी गर्दै खण्डन गरेको छ।

फेसबुकमा गरिएको आधारहीन आरोपबारे मन्त्री पालको सचिवालयले नेपाल प्रहरीको साइबर सेलमा आधिकारिक उजुरीसमेत दर्ता गरेको र आवश्यक कानुनी कारबाही अघि बढ्ने जनाएको छ।

सचिवालयका स्वकीय सचिव रमेश बहादुर बोहराले सार्वजनिक विज्ञप्ति मार्फत् यस्ता भ्रमपूर्ण समाचार वा स्टाटसमा विश्वास नगर्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : ४२ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले