एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने « Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकलाई दाँतको उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौतापछि यस बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । 

ग्राहकहरूले जनरल हस्पिटल सेवाहरू (ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोस्ट अप बेड चार्जमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू (डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी र एक्स्ट्राक्सन ईटीसी) मा १० प्रतिशत छुटका साथै दाँतको उपचार सेवा (डेन्टल इम्प्लान्ट्स, भेनीर, ब्रेसेस अलाइनर, डर्माटोलोजिस्टमा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । 

ग्राहकहरूले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : १९ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै