जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन « Khabarhub

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । झन्डै छ वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एक्स–रे मेसिन सञ्चालन गर्ने दक्ष प्राविधिक जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

स्वास्थ्य चौकीमा रहेको एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामीहरुले निजी स्वास्थ्य संस्थामा चर्को शुःल्क तिर्न बाध्य छन् । 

‘एक्स–रे मेसिनमा प्रिन्ट गर्ने मेसिन जडान गर्नुपर्नेमा त्यो थिएन, गत वर्ष मात्रै खरिद गरेर ल्याएका छौँ’ स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, ‘डार्क रुमको व्यवस्थापन गर्न लागेका छौँ, सेवा सञ्चालनका लागि ‘रेडियोलोजिष्ट’नै चाहिन्छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले एक्स–रे मेसिन सञ्चालन गर्नका लागि नायब सुब्बा स्तरको रेडियोलोजिष्ट दक्ष प्राविधिक जनशक्ति चाहिने उनले बताए। 

‘स्थानीय स्तरबाट व्यवस्थापन गर्नुपर्ने हो’, उनले भने, ‘त्यो गर्न सकेका छैनौँ जनशक्ति अभावले सेवा सञ्चालनमा ढिलाइ भएको छ ।’

यसैगरी, स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड मेसिन भए पनि त्यो पनि दक्ष जनशक्तिकै अभावमा पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।

स्वास्थ्य चौकीमा नगरपालिकाले चिकित्सकीय सेवा भने सञ्चालन गर्दै आएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट तलबको व्यवस्था गरी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ०४ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ