सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान  | Khabarhub Khabarhub

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ । अहिले जिरीका नुर्वु शेर्पाको परिवारमा । सामान्य रमाइलो गर्ने क्रममा दुर्घटना हुँदा उनको ज्यान गएको छ । 

आइतबार दिउँसो स्थानीय साथीभाइसँग गुराँस पार्कमा रहेको प्रतीक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका ३९ वर्षीय शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ  ।

आइतबार दिउँसो जङ्गली जडीबुटी खोज्न र पार्क घुम्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका–६ स्थित गुराँस पार्कको प्रतीक्षालयमा झुन्डिएर खेल्ने क्रममा एक्कासि लडेर गम्भीर घाइते भएका थिए । 

प्रतीक्षालयको ट्रस्टमा झुन्डिएर रमाइलो गर्ने क्रममा सिमेन्टको कंक्रिटमा बजारिँदा उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

वैतेश्वर र जिरीमा काठ तथा मुडा बोकेर गुजारा चलाउँदै आएका शेर्पालाई स्थानीयले चन्दा संकलन गरेर तत्काल काठमाडौं हेलिकप्टरमार्फत उदार गरे पनि अस्पतालले सोमबार ११ बजे शेर्पालाई मृत घोषणा गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए ।

स्थानीय शेर्पाका अनुसार गाउँ घरमा मुडा र काठ बोकेर गुजारा चलाउँदै आएका सामान्य परिवारको मान्छे भएको र पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेकोले उपचारको लागि चन्दा संकलन गरेर पठाएको र हेलिकप्टर चार्ज र अस्पताल खर्च ठुलो लागेकोले सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ । –सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ०८ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध