व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध « Khabarhub

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध भएको छ । सूचना प्रणालीमा समस्या आएपछि सोमबार दर्जनौँ उडान रद्द भएको एरोफ्लोटले जनाएको छ ।

कम्पनीले घटनाबारे विस्तृत जानकारी भने दिएको छैन । समस्या समाधानका लागि कति समय लाग्छ भन्ने पनि अझै स्पष्ट नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्याकिङ समूह साइलेन्ट क्रोले एरोफ्लोटमा साइबर आक्रमणको जिम्मा लिएको छ । यस समूहले रुसको निकट साझेदार बेलारुसको साइबरपार्टिजान्स बीवाई नामक समूहसँग मिलर ह्याकिङ अभियान सञ्चालन गरेको दाबी गरेको छ । यो साइबर आक्रमण युक्रेनमा जारी युद्धसँग सम्बन्धित रहेको रोयटर्सले उल्लेख गरेको छ ।

उक्त समूहले जारी गरेको विज्ञप्तिमा ‘जय युक्रेन ! बेलारुस जिन्दावाद !’ लेखिएको छ ।

यसअघि पनि साइलेन्ट क्रोले रुसी घरजग्गा क्षेत्रको डेटाबेसमा आक्रमण गरेको जिम्मा लिएको थियो ।

एरोफ्लोटले साइबर आक्रमणका कारण ४० भन्दा धेरै उडान अवरुद्ध भएको जानकारी दिएको छ । समस्याको समाधान गर्न विशेषज्ञ टोलीले काम गरिरहेको कम्पनीले जनाएको छ ।

अधिकांश उडान रुसी विमानस्थलमा अवरुद्ध भएको जनाइएको छ । यसबाहेक र बेलारुसको राजधानी मिन्स्क र अर्मेनियाको राजधानी येराभानमा पनि एरोफ्लोटको उडान अवरुद्ध भएएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : २५ बजे

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको

साउदीमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू