ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा « Khabarhub

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन ।

स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताए। नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।

बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिए । 

उनका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको । अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताए।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ०८ बजे

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी

एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित

काठमाडौं- एशियाली खेलकुदको छनौट प्रतियोगितामा नेपालले मलेशियालाई १६७ रनको विशाल

इराकमा तालिमका क्रममा एकजना अमेरिकी सैनिकको मृत्यु

बग्दाद– अमेरिकी रक्षा विभागले इराकमा तालिमका क्रममा मारिएका सैनिकको पहिचान