रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू « Khabarhub

रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’को टिमले फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरेको छ ।

निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरी निर्माणको घोषणा गरिएको हो । पोस्टरमा नायिका गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी र तृप्ति नदकर फिचर्ड छन् ।

यी चारैजना ग्रामिण परिवेशको पात्रको भूमिकामा छन् । यसले फिल्मको कथा ग्रामिण समुदायको कथामा बन्ने संकेत गर्छ ।

यस फिल्ममा मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।

यही फिल्मबाट बिक्की अग्रवाल ठूलो पर्दाको निर्देशनमा हात हाल्ने भएका छन् । उनलाई निर्देशनमा श्रद्धा प्रसाईले साथ दिनेछिन् ।

बिक्कीका अनुसार यो कमेडी फिल्म हो । दशैँको भोलिपल्टदेखि छायाङ्कनमा निस्कने तयारीमा उनी रहेका छन् ।

फिल्म निर्माणमा हात हाल्नुको कारणबारे बिक्की भन्छन्, ‘फेरि एकपटक दर्शको मुहारमा हाँसो ल्याउन हो ।’

यो फिल्मको कथा बिक्की, विकास आर्याल र सरोज भण्डारीले मिलेर लेखेका हुन् । पटकथा भने बिक्की आफैँले लेखेको बताइएको छ ।

माया इन्टरटेन्मेन्ट स्टुडियोको ब्यानरमा बन्ने यस फिल्मको निर्माता श्रद्धा र सुमित्रा थापा हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४९ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ