‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन् « Khabarhub

‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन्


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय टिकटकबाट चर्चामा आएकाहरु फिल्ममा प्रवेश गर्ने संख्या बढ्दो छ । यसको मुख्य उदाहरण नायिका गरिमा शर्मा, पारस बम ‘कुल ब्वाइ’, मिस पबीलगायत हुन् ।

फेरि अर्का टिकटकरले पनि फिल्ममा गर्ने भएका छन् । दुबईकी युवती एलिजे जमालीसँग प्रेम सम्बन्ध र विवाहका कारण चर्चामा आएका आयुष सिंह ठकुरीले फिल्ममा अभिनय गर्ने भएका हुन् ।

उनी माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन जनाराको फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको सोमबार सार्वजनिक गरेको हो । आयुषको यो डेब्यू फिल्म बन्नेछ ।

थुप्रै फिल्मको प्रस्ताव आए पनि कथावस्तु मन परेकाले ‘राम नाम सत्य’बाट ठूलो पर्दामा डेब्यू गर्न लागेको आयुषले बताए । उनले थपे, ‘यो फिल्मको कथा र मेरो भूमिका शक्तिशाली छ ।’

फिल्मको लेखकसमेत रहेका निर्देशक चन्दका अनुसार आयुषले ‘राम नाम सत्य’ लागि महिना दिनअघि देखि एक्सनको अभ्यास गरिरहेका छन् । एक्सनको अभ्यास सकिएपछि उनलाएई अभिनय प्रशिक्षण गराउने चन्दले बताए ।

उनले भने, ‘आयुषले निकै मिहिनेत गरिरहनु भएको छ । यही फिल्ममा जोडिने पक्का भएपछि उहाँले एक्सन सिकिरहनु भएको छ । अब अभिनय पनि सिक्नुहुन्छ ।’

निर्देशक चन्दका अनुसार यस फिल्मको छायाङ्कन साउन २९ बाट सुरु हुनेछ । फिल्ममा नायकहरु विराज भट्ट, सुशील श्रेष्ठ, अर्पण थापा, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या रायमाझी शीर्ष भूमिका रहने निर्माण पक्षले बताएको छ ।

अझै एक नायिका अनुबन्ध भएपछि कलाकारको लाइनअप पूरा हुने निर्देशक चन्दले बताए ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमली लगानी रहनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४७ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको