‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन् « Khabarhub

‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन्


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय टिकटकबाट चर्चामा आएकाहरु फिल्ममा प्रवेश गर्ने संख्या बढ्दो छ । यसको मुख्य उदाहरण नायिका गरिमा शर्मा, पारस बम ‘कुल ब्वाइ’, मिस पबीलगायत हुन् ।

फेरि अर्का टिकटकरले पनि फिल्ममा गर्ने भएका छन् । दुबईकी युवती एलिजे जमालीसँग प्रेम सम्बन्ध र विवाहका कारण चर्चामा आएका आयुष सिंह ठकुरीले फिल्ममा अभिनय गर्ने भएका हुन् ।

उनी माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन जनाराको फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको सोमबार सार्वजनिक गरेको हो । आयुषको यो डेब्यू फिल्म बन्नेछ ।

थुप्रै फिल्मको प्रस्ताव आए पनि कथावस्तु मन परेकाले ‘राम नाम सत्य’बाट ठूलो पर्दामा डेब्यू गर्न लागेको आयुषले बताए । उनले थपे, ‘यो फिल्मको कथा र मेरो भूमिका शक्तिशाली छ ।’

फिल्मको लेखकसमेत रहेका निर्देशक चन्दका अनुसार आयुषले ‘राम नाम सत्य’ लागि महिना दिनअघि देखि एक्सनको अभ्यास गरिरहेका छन् । एक्सनको अभ्यास सकिएपछि उनलाएई अभिनय प्रशिक्षण गराउने चन्दले बताए ।

उनले भने, ‘आयुषले निकै मिहिनेत गरिरहनु भएको छ । यही फिल्ममा जोडिने पक्का भएपछि उहाँले एक्सन सिकिरहनु भएको छ । अब अभिनय पनि सिक्नुहुन्छ ।’

निर्देशक चन्दका अनुसार यस फिल्मको छायाङ्कन साउन २९ बाट सुरु हुनेछ । फिल्ममा नायकहरु विराज भट्ट, सुशील श्रेष्ठ, अर्पण थापा, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या रायमाझी शीर्ष भूमिका रहने निर्माण पक्षले बताएको छ ।

अझै एक नायिका अनुबन्ध भएपछि कलाकारको लाइनअप पूरा हुने निर्देशक चन्दले बताए ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमली लगानी रहनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४७ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष