धमाधम पुराना खानेपानी आयोजना सञ्चालन गरिँदै | Khabarhub Khabarhub

धमाधम पुराना खानेपानी आयोजना सञ्चालन गरिँदै


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको धनगढीमाई नगरपालिकाको थटियास्थित एक पुरानो खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । 

आयोजनास्थलमा जीर्ण सोलार प्लान्ट मर्मत, नयाँ विद्युत् ट्रान्सफर्मर खरिद र जडानपछि तत्कालका लागि दुईमध्ये एक बोरिङबाट पानी वितरण सुरु गरिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख विश्वनाथप्रसाद यादवका अनुसार खडेरीका कारण सिर्जित पानी अभावको समयमा यो आयोजना सञ्चालनले करिब ४०० घरधुरीलाई राहत पुगेको छ । 

विसं २०७०-७१ मा सुरु गरिएको आयोजना २०८० सालमा ट्रान्सफर्मर चोरी भएपछि सञ्चालन गर्न सकिएको थिएन । विभागको थप बजेट सहयोगमा आयोजना सञ्चालन सम्भव भएको धनगढीमाई–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिए । 

वडाध्यक्ष ठाकुरका अनुसार, आयोजनामा १२–१२ इञ्च व्यासका दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की, कार्यालय तथा आवास भवन निर्माण गरिएका छन् ।

यसैगरी, धनगढीमाई–९, चैनपुरमा १४ वर्षअघि सुरु गरिएको अर्को खानेपानी आयोजना सञ्चालनका लागि हाल पाइप बिछ्याउने काम भइरहेको छ । आव २०६८र६९ मा सुरु गरिएको आयोजनाको काम रोकिएको थियो । हाल वडा कार्यालयको बजेटमा खन्ने र पुर्ने तथा डिभिजनले उपलब्ध गराएको बजेटले पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष प्रकाश योञ्जनले बताए। उनका अनुसार चैनपुर, मुसहर्निया, महुवा डाँडा र जिरोमाइलसम्म पाइप विस्तार गर्ने लक्ष्य छ । 

त्यसैगरी करिब आठ वर्षदेखि अलपत्र धनगढीमाई–१३, भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको आयोजना पनि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सो आयोजनाका लागि पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । 

धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले खडेरीको चपेटामा परेका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले आवश्यक समन्वय, बजेट व्यवस्थापन र जनशक्ति परिचालन गरिरहेको बताए । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ०७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध