एक वर्षमा तीन सय बढी उद्योग बन्द | Khabarhub Khabarhub

एक वर्षमा तीन सय बढी उद्योग बन्द


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । 

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् । 

उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उनले जानकारी दिए। उनका अनुसार सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएको छन् ।

जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५२४ वटा व्यवसाय बन्द भएको उनले जानकारी दिए । वाणिज्यतर्फ ३७७ वटा व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् । तीन हजार १११ वटा व्यवसाय नवीकरण भएको उनले बताए। कुमालका अनुसार २०३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् । 

उच्च शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उनले बताए। उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उनले बताए।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : १८ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध