संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन « Khabarhub

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए÷नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिएका थिए ।

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उनले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निःशुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए । बेलुकी ७ः०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : १३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र