विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ « Khabarhub

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् ।

मधेश लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुंदै आएकामा खडेरीले रोपाईंमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आंकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा कृष्ण पौडेलले बताए ।

काठमाडौंमा आज आयोजित जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेश तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताएका हुन् । कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसासनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा। पौडेलको भनाई छ ।

सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनको भनाई छ । कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिगं बनाउने घोषणाले तराईलाई मरभुमी बनाउन सक्ने भएकाले वैकल्पिक उपाय तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ति क्षेत्रमा मुद्धा समेत उजागर हुनुपर्ने बताए। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्धा उठाउन बाटो देखाएको उनको भनाइ छ ।

यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यानाकर्षण गराएका छन । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिपवर्तनका मुद्धा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाई छ । संचारिक समुह तथा एक्सनऐडले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २६ बजे

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै