विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ | Khabarhub Khabarhub

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् ।

मधेश लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुंदै आएकामा खडेरीले रोपाईंमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आंकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा कृष्ण पौडेलले बताए ।

काठमाडौंमा आज आयोजित जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेश तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताएका हुन् । कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसासनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा। पौडेलको भनाई छ ।

सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनको भनाई छ । कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिगं बनाउने घोषणाले तराईलाई मरभुमी बनाउन सक्ने भएकाले वैकल्पिक उपाय तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ति क्षेत्रमा मुद्धा समेत उजागर हुनुपर्ने बताए। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्धा उठाउन बाटो देखाएको उनको भनाइ छ ।

यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यानाकर्षण गराएका छन । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिपवर्तनका मुद्धा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाई छ । संचारिक समुह तथा एक्सनऐडले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २६ बजे

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका