यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध | Khabarhub Khabarhub

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ ।

विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा कैलाली जिल्लास्थित कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव केही बढ्न सक्ने महाशाखाले जनाएको छ ।

आज दिउसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र कोशी प्रदेशको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ३९ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु