स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै  « Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

निष्कासन मध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ ।

बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबार आईपीओ खुला गरिएको थियो । लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ ।

आईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । लघुवित्तको केन्द्रीय कार्यालय सिरहाको लहान नगरपालिका– ८ मा रहेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ०७ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर