कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध « Khabarhub

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा र बुम प्रतिप्रबन्ध लगाएको छ । आइएनआईले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो ।

व्यवासायिक शोहरुमा फिल्मका कलाकारहरु पत्रकार र युट्युबरहरुको साथमा हल भिजिटमा पुग्ने र दर्शकको प्रतिक्रिया खिच्ने प्रवृति पछिल्लो समय मौलाएको छ ।

यसरी हलमा क्यामेरा पुग्दा आफूहरुको गोपनीयता भंग भएको दर्शकहरुको गुनासो पछिल्लो समय बढ्न थालेको छ । आईएनआई व्यवसायिक शोमा क्यामेरा प्रतिबन्धको कारण यो पनि देखिएको छ ।

फिल्मसँग सम्बन्धि विभिन्न प्रश्न सोध्दा दर्शकले फिल्म हेर्न बाधा पुगेको गुनासो गरेका कारण पनि यो निर्णय गरिएको आईएनआईको दाबी छ ।

आईएनआई चेनका गोँगबु, बानेश्वर, विश्वज्योति, बुटवल र सिमराका चार हलमा यो प्रतिबन्ध लागु हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो