फिल्म ‘नो एन्ट्री २’ मा पुराना कलाकार नदोहोरिने  « Khabarhub

फिल्म ‘नो एन्ट्री २’ मा पुराना कलाकार नदोहोरिने 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अनिष बज्मीले आफ्नो सुपरहिट फिल्म ‘नो एन्ट्री’ को सिक्वेलबारे नयाँ खुलासा गरेका छन्। 

सन् २००५ मा प्रदर्शन भएको फिल्मले बक्स अफिसमा शानदार सफलता हासिल गर्दै दर्शकको मन जितेको थियो। तर, सिक्वेलमा सलमान खान, अनिल कपूर, फरदीन खान, लारा दत्ता लगायत मुख्य कलाकार नहुँदा निर्देशक बज्मीलाई ठूलो पीडा भएको उनले बताएका छन्।

भारतीय मिडियासँगको एक अन्तर्वार्तामा बज्मीले ‘नो एन्ट्री’ को सिक्वेलबारे यस्तो खुलासा गरेका हुन्। उनले फरदीन खानलाई समेत सिक्वेलमा ल्याउन चाहेका थिए।

 यसका लागि उनले फरदीनलाई फोनसमेत गरेका थिए, जसमा फरदीनले तीनदेखि चार महिनाको समय दिन अनुरोध गरेका थिए र पछि आफ्नो शारीरिक बनावट देखाउने फोटो पठाएका थिए। उक्त फोटोले बज्मीलाई निकै प्रभावित पारेको थियो।

 तर, उनी भन्छन्, जब फिल्म बन्ने समय आउँछ, भाग्यले नै ठूलो भूमिका खेल्छ। उनले थपे कि चर्चित कलाकार अनिल, सलमान, फरदीन, लारा र अरू कलाकारहरू सिक्वेलमा नभएको पीडा त सँधै रहनेछ, तर अहिलेको परिस्थिति अनुरूप जे सम्भव छ, त्यसलाई उत्कृष्ट बनाउन आफूहरूले प्रयास गरिरहेको बताए।

यसैबीच, सिक्वेल ‘नो एन्ट्री’ २ मा कलाकार वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाञ्झलाई कास्ट गरिएको छ । विशेषगरी फिल्म ‘ुसरदार जी ३’ कि नायिका हानिया आमिर विवादपछि उनको नामबारे अनिश्चितता बढेको हो। 

‘नो एन्ट्री’ सिक्वेलमा नयाँ पुस्ताका कलाकारहरूको आगमनसँगै दर्शकहरुमा उत्सुकता बढेको छ। 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ३० बजे

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले