माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला « Khabarhub

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको छ ।

शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिका माटोमुनि पुरिएको अवस्थामा फेला परेकी थिइन्।

सीमा सुरक्षा चौकी ९बीओपी० टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा र अचेत अवस्थामा फेला परेकी थिइन्। चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर राखिएको छ ।

अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।

माटोमुनिबाट आएको रोएको आवाज सुनेर समयमै खोजी थाल्दा बालिकाको जीवितै उद्धार सम्भव भएको हो। यस घटनाले विपद्पछि जोखिमपूर्ण क्षेत्रमा गरिने निरन्तर र सूक्ष्म खोजीको महत्त्वसमेत देखाएको छ।

बाढी–पहिरोबाट प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १० : ०५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच