माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला « Khabarhub

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको छ ।

शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिका माटोमुनि पुरिएको अवस्थामा फेला परेकी थिइन्।

सीमा सुरक्षा चौकी ९बीओपी० टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा र अचेत अवस्थामा फेला परेकी थिइन्। चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर राखिएको छ ।

अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।

माटोमुनिबाट आएको रोएको आवाज सुनेर समयमै खोजी थाल्दा बालिकाको जीवितै उद्धार सम्भव भएको हो। यस घटनाले विपद्पछि जोखिमपूर्ण क्षेत्रमा गरिने निरन्तर र सूक्ष्म खोजीको महत्त्वसमेत देखाएको छ।

बाढी–पहिरोबाट प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १० : ०५ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा