संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री « Khabarhub

संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्याउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन् ।

पूर्व योजनाकारमञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पौडेलले प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनेगरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताए ।

अहिले बजेट निर्माणमा तीन करोडभन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्नसमेत चुनौती खडा भएको उनले बताए ।

उनले अपेक्षित रुपमा लगानी भित्र्याउन र देशभित्रकै लगानी परिचालनका लागि कानुनी सुधार गर्दै लगानीको वातावरण बनाउने जिकिर गरे ।

पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा समेत जोड दिए । |

उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा योजना जपज्ञहरूले‍ मुलुकको समृद्धितर्फको यात्रालाई अन्तरराष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ४९ बजे

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य