विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त « Khabarhub

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ।

सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन्। आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ। त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जिम्बाबेका लागिसमेत आजको खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउनुपर्ने दबाब छ।

त्यसैगरी अर्को खेलमा आजै समूह ‘एक’ कै शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको अहमेवादमा हुँदैछ। यो प्रतिस्पर्धामा विजयी टिम सेमिफाइनल पुग्नेछ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

कस्तो बन्दैछ समिकरण ?

सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ। यो समूहबाट श्रीलंका भने बाहिरिसकेको छ। श्रीलंकाले सुपर आठका दुई खेल गुमाएपछि सेमिफाइनल यात्रा अन्त्य भएको हो।

सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्डले तीन अंक बनाउँदा पाकिस्तानको एक अंक छ। दुवै खेल गुमाएको श्रीलंका अंकबिहीन छ।

सुपर आठको समूह ‘एक’मा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले दुईदुई अंक जोड्दा भारत र जिम्बावे अंकबिहीन छन्। यो समूहबाट सेमिफाइनल पुग्न अब भारत र जिम्बाबेले दुवै खेल जित्नुपर्ने दबाब छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : ३१ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन