जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ « Khabarhub

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा पक्षलाई स्वार्थ समूहको संज्ञा दिएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले स्वार्थ समूहका एक दुई जनाले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने जिकिर गपनि गरेका छन् ।

उपमहासचिव शर्माको नाम नै लिएर प्रचण्डले एक जना व्यक्तिले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका हुन् । दाहालले जनार्दनलाई लक्षित गर्दै पार्टीविरुद्ध स्वार्थ समूहहरू सक्रिय भएको उल्लेख गरे ।

नेतृत्वको विषयमा पार्टीभित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने,‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी, यो आन्दोलन र इतिहास रोकिँदैन ।’

दाहालले जनार्दनको अभिव्यक्तिबारे पार्टी पदाधिकारीहरूबी समीक्षा हुने पनि बताएका छन् । ‘हामी आगामी पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’, उनले भने ।

पत्रकारहरूले उनलाई स्वार्थ समूहबारे व्याख्या गर्न पनि भने । ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि,पद्धति र नेतृत्वभन्दा बाहिर गएर सार्वजनिक वा आन्तरिक रुपमा पनि स्वार्थकेन्द्रित भएर बैठकहरू गर्नुलाई भनिएको हो’, दाहालले व्याख्या गर्दै भने ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ०० बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त