जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ « Khabarhub

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा पक्षलाई स्वार्थ समूहको संज्ञा दिएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले स्वार्थ समूहका एक दुई जनाले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने जिकिर गपनि गरेका छन् ।

उपमहासचिव शर्माको नाम नै लिएर प्रचण्डले एक जना व्यक्तिले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका हुन् । दाहालले जनार्दनलाई लक्षित गर्दै पार्टीविरुद्ध स्वार्थ समूहहरू सक्रिय भएको उल्लेख गरे ।

नेतृत्वको विषयमा पार्टीभित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने,‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी, यो आन्दोलन र इतिहास रोकिँदैन ।’

दाहालले जनार्दनको अभिव्यक्तिबारे पार्टी पदाधिकारीहरूबी समीक्षा हुने पनि बताएका छन् । ‘हामी आगामी पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’, उनले भने ।

पत्रकारहरूले उनलाई स्वार्थ समूहबारे व्याख्या गर्न पनि भने । ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि,पद्धति र नेतृत्वभन्दा बाहिर गएर सार्वजनिक वा आन्तरिक रुपमा पनि स्वार्थकेन्द्रित भएर बैठकहरू गर्नुलाई भनिएको हो’, दाहालले व्याख्या गर्दै भने ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  २ : ०० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ