कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र « Khabarhub

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण बुझाएको छ ।  

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिबद्ध रहेको उल्लेख गरे ।

पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए ।  

त्यस्तै महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्  ।  

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन्  ।  

उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासंघले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ३५ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा