कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र | Khabarhub Khabarhub

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण बुझाएको छ ।  

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिबद्ध रहेको उल्लेख गरे ।

पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए ।  

त्यस्तै महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्  ।  

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन्  ।  

उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासंघले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ३५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।