एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से  « Khabarhub

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ । 

बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१० घटेर बन्द भएको छ । नेप्से १.३५ प्रतिशतले घट्दा परिसूचक २७८१ विन्दुमा पुगेको छ । नेप्से घट्दा पनि कारोबार रकम भने बढेको छ । 

बिहीबार ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य भने स्थिर रहेको छैन । 

३२२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ३७९ पटक शेयर किनबेच भएको छ । म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी विकास बैंक समूह २.४३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : ३१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज