एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से  « Khabarhub

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ । 

बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१० घटेर बन्द भएको छ । नेप्से १.३५ प्रतिशतले घट्दा परिसूचक २७८१ विन्दुमा पुगेको छ । नेप्से घट्दा पनि कारोबार रकम भने बढेको छ । 

बिहीबार ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य भने स्थिर रहेको छैन । 

३२२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ३७९ पटक शेयर किनबेच भएको छ । म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी विकास बैंक समूह २.४३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : ३१ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि